बधाई तथा शुभकामना दिन विषेश कार्यक्रममा राप्रपाका प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजेन्द्र लिङ्देनको गहभरी आसु

 443 पटक हेरिएको

झापा, पुष २। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचमा सहभागी भएको राप्रपाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अवसर पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पाएका छन ।
लोकतान्त्रिक गठबन्धनसंग सहकार्य गर्दै झापाबाट निर्वाचनमा लिङ्देनले विजय हासील गरेका थिए । भने पार्टी अध्यक्ष कमल थापा पनि मकवानपुरमा पराजित भएको अवस्थामा महामन्त्री लिङ्देनले झापा क्षेत्र नम्वर ३ बाट नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । शनिबार महामन्त्री लिङ्देनलाई बधाई तथा शुभकामना दिन विषेश कार्यक्रम आयोजना गरिएको थियो । पार्टी अध्यक्ष कमल थापा पनि लिङ्देनलाई बधाई दिन झापा आएका थिए ।

अग्रसेन भवनमा आयोजित कार्यक्रममा सम्वोधनका गर्दा उनी भावुक बनेका थिए । उनले फेरी पनि अध्यक्ष थापाकै नेतृत्वमा पार्टी अगाडि बढनु पर्ने बताए । गहभरी आशु झारदै ‘हामी हारेका छौं, ढलेका छैनौं ।’ फेरि पनि पार्टी अगाडि बढ्छ । उनले आफूलाई विजयी गराउने मतदाता, शुभेच्छुक, पार्टीका नेता, कार्यकता र वामगठबन्धनलाई धन्यवाद समेत दिए । जनताले दिएको मतको कदर गदै काम अगाडि बढाउने उनले प्रतिबधता गरे ।

नव निर्वा्चित महामन्त्री लिङ्देनको बधाई तथा शुभकामना दिदै अध्यक्ष कमल थापाले आफूले निवार्चनमा हानुको कारण तत्व पार्टिले गम्भिर अध्ययन र अनुसन्धान गर्ने बताए । हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न नसक्नु दुखद् भएको उनको बताए । गठबन्धन र राष्ट्रिय राजनीतिका विषयमा केही नबोलेका थापाले अब राप्रपाले सडक र सदनमा जिम्मेवारी प्रतिपक्षको भुमिका निर्वाह गर्ने मात्रै बताए । उनले झापाबाट राजेन्द्र लिङ्गदेन विजयी बनेर पार्टीकै शाख जोगाएको प्रति गर्व गरे । लिङ्गदेनले संसदमा पार्टीबाट प्रतिनिधित्व गर्दा सबै पार्टीको ध्यान केन्द्रित हुने गरी प्रस्तुत हुने विश्वास समेत थापाले गरे । उनले समानुपातिकबाट प्रदेश सभामा राप्रपाले पाउने केही सिट पनि झापाका पार्टी नेतालाई प्रतिबधता गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार