‘कोहलपुर एक्सप्रेस’ चलचित्रमा रिमा विश्वकर्मको पनि नृत्य

 647 पटक हेरिएको


काठमाण्डौ
पुष १- नायिका रिमा विश्वकर्मले एक चलचित्रमा नृत्य गरेकी छिन् । नायिका केकी अधिकारीले निर्माण गदै गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा रीमाले नृत्य गरिकी छिन । रीमाले दिल खोलेर गीतमा नृत्य गरिन् ।भिडियोको कोरियोग्राफी भने गम्भिर बिष्टले गरेका गरेका थिए । विशाल भण्डारीले चलचित्रको निर्देशन गरेका हुन् ।  काठमाण्डौको गोकर्णमा रहेको उत्तर बाहिनी मन्दिरमा सेट लगाएरै चलचित्रको गीतको सुटिङ गरिएको थियो ।

मुहार मुस्कुराएकै राम्रो भएतापनि कसैको मनमा कोहि पनि पस्न नसक्ने उनको भनाई थियो । चलचित्रकी निर्मात्री केकी अधिकारी रीमाको मन वुझाउने प्रयासमा लागेकी थिइन् । चलचित्रको प्रदर्शन मिति वैशाख १४ लाई तोकिएको छ । उनकको बैवाहिक सम्बन्ध टुटेको समाचार सार्वजनिक भएपछि केहि दिन मिडियाबाट टाढा बसेकी थिइन । रीमाले मन र मुहारको तालमेल नमिल्दा पनि कहिलेकाही काम गर्नुपर्ने बताएकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार