नेपाली कथानक चलचित्र माइ लभ र गोरे प्रर्दशनी सुरु

 777 पटक हेरिएको

काठमाण्डौ
पुष १ -चलचित्र ‘गोरे’ हलमा रिलिज भएको छ । नायक दीलिप रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका रहेको छ । त्यसैगरी रामेशकुमार राइले निर्देशन गरेको यो चलचित्रको शिर्ष भूमिकामा नायक रायमाझी देखिएका छन् ।
यस्तै, अर्काे चलचित्र ‘माइ लभ’ पनि प्रदर्शन भएको छ । यो चलचित्रलाई जापानिज निर्देशक तोसिआकी इतोहले निर्देशन गरेका हुन् । चलचित्रमा गणेश लामा, शित्तल श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
साथमा, केहि जापानीज कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् । ‘डेस्टिनेशन काठमाण्डौ र सुपर गोर्खे’ पनि आजबाट रिलिज हुने बताइएतापनि रिलिज हुन सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार