यस पटक संघीय समाजवादी फोरम नेपाल र राजपाले  राष्ट्रिय दलको मान्यता पाए

 1397 पटक हेरिएको


१ पुस, काठमाडौं ।
संघीय समाजवादी फोरम नेपाल र राजपाले थ्रेसहोल्ड कटाएको कारणले राष्ट्रिय दलको मान्यता पाएका छन् । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुले संसदमा सहभागित नहुन नपाउने भएको छ ।

थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा नयाँ शक्ति नेपाल, विवेकशील साझा पार्टी,  राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी ,नेकपा माले,  लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् ।  गोरखा २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई, झापा ३ बाट निर्वाचित राप्रपाका राजेन्द्र लिङ्देन, प्युठानबाट निर्वाचित जनमोर्चाकी दूर्गा पौडेल र भक्तपुर १ बाट निर्वाचित नेमकिपाका प्रेम सुवाल स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । थ्रेसहोल्ड नकटाएका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् । थ्रेस होल्ड कटाउन नसकेका दलहरुबाट निर्वाचित भएकाहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार