प्रदेश नं ३ को राजधानी एमालेले भक्तपुर बनाउने

भक्तपुर
मंसिर २९-रफत सञ्चार क्बलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वा्चित भएका प्रदेश र प्रतिनिधिसभाका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

उनिहरुले भक्तपुर ३ नं. प्रदेशका केन्द्र पर्ने र पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् । भक्तपुर २ नं. को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वा्चित हुनु भएका महेश बस्नेतले भक्तपुरको सानोठिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इटा,टायल कारखाना लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताए ।

त्यसैगरी भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा ख बाट निर्वा्चित राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालिम केन्द्र र सानोथिमी स्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत प्राधिकरणको तालिम केन्द्रमा ३ नं. प्रदेशको अस्थायी राजधानी तोकिने बताए । भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा क बाट निर्वा्चित शशीजंग थापाले अब भक्तपुर नै ३ नं. प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार