मतपरिणाम अनुसार समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायमै

काठमाडौ, मंसिर २९
निर्वाचन आयोगको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा जारी रहेको छ ।
त्यसैगरी मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमाले २९ लाख ९७ हजार १३० मतका साथ पहिलो स्थानमा रहेको छ । भने एमालेलाई पछ्याउदै नेपाली काग्रेसले २९ लाख ९ हजार २९३ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) १२ लाख २ हजार ३२ मतसहित तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले चार लाख २१ हजार ५२८ मत पाएर चौथो स्थानमा रहेको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ८३ हजार ७०६, विवेकशील साझाले एक लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख ८९ हजार २८०, राप्रपा (प्रजातान्त्रिक) ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी नेपालले ७६ हजार १९४, र नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६९३ मत ल्याएको छ ।बिहान १० बजेसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना भएको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार