दोश्रो मनमोहन दुहवी गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ फाईनलमा प्रवेश


काठमाण्डौ
मंसिर २९ -दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता भएको दोश्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ फाईनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लब काठमाण्डौले अग्नी रुपन्देही ११ रुपन्देही लाई ४–० गोलको अन्तरले फाइनलमा प्रवेश गरेको हो ।
खेलको दोश्रो हाफको तेश्रो र पाचौ मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर १८ नवयुग श्रेष्ठले व्यक्तिगत १–१ गोल गरि आफ्नो टिमलाइ २–० ले अग्रता दिलाएका थिए । त्यस्तै २६ औ र ८९ औ मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर १० र १६ का जर्ज प्रिन्स कार्की र दिप लामाले थप १–१ गोल गरि आफ्नो टिमलाइ उपाधि नजिक पुर्याएका थिए ।

खेलको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका नवयुग श्रेष्ठललाई नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएकोे थियो। शनीवारको फाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्डौ र मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौ बिच हुने भएृको छ । फाइनल खेलमा प्रथम हुने टिमलाई रु ४ लाख र दोश्रो हुँने टिमलाइ रु २ लाख शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार