प्रदेश नम्बर १ को राजधानी दावि गर्ने जिल्लाहरुकोे सरकारले सरकारी भौतिक संरचनाको अवस्थाको अध्यायन सम्पन्न

काठमाण्डौ
मंसिर २९,
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले प्रदेश नम्बर १ को राजधानी माग गरिरहेका पूर्वका केहि जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्थाका बारेमा अध्यायन गरेको छ ।
प्रदेशको राजधानीको दावि गरीरहेको जिल्लाहरु धनकुटा, विराटनगर, इटहरी र धरान रहेको छ । भौतिक संरचना अध्ययनमा प्रादेशिक मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभा, आवास लगायतका लागि सुनसरीको इटहरीमा पाच वटा , धरानमा छ वटा, धनकुटाका १५ वटा, विराटनगरबाट ११ वटा सरकारी भवनको नाम केन्द्रमा पठाइएको डिभिजन कार्यालय विराटनगरका सूचना अधिकारी विनोद सिंहले जानकारी दिएका छन ।

भौतिक संरचनामा पहुँचमार्ग, बाउन्ड्री पर्खाल, रंगरोगन र मर्मत संहारका लागि धनकुटामा रु पाँच करोड २५ लाख खर्च लाग्ने र विराटनगरमा रु २१ करोड ५० लाख खर्च लाग्ने र सुनसरीका लागि नयाँ भवन संरचना थप निर्माण खर्च विवरण तयार गर्न थप समय लाग्ने भन्ने सिफारिस मन्त्रालयलाई जानकारी पठाइएको डिभिजन कार्यालय विराटनगरका सुचना अधिकारी सिंहले बताए ।
भौतिक संरचना अध्ययन गर्न जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीसहित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटा र विराटनगरले सुनसरी ,धनकुटा, र मोरङका सरकारी भौतिक संरचनाको अध्ययन गरी शहरी विकास मन्त्रालयमा प्रतिवेदन पठाएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख राजेन्द्र खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार