धम्कीको भरमा कांग्रेसले राजनितीक नगर्न महतोको आग्रह

२९ मंसिर, जनकपुर । नेपाली कांग्रेसले डर धम्की देखाउदै राजनितीक गरेको राष्ट्रिय जनता पार्टीका नेता तथा धनुषा ३ बाट निर्वा्चित सांसद राजेन्द्र महतोले आरोप लगाएको छ ।
उनले जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएको हो । उनले सम्मेलनमा बोल्दै महतोले कांग्रेसकालाई यसपटक जनताहरुले सबक सिकाएको पनि बताए । आफुले जितेको क्षेत्रमा मधेसका जनताले आफ्नो अधिकार चाहेको उनिहरुको हितको लागि जस्तो सुकैपनि काम गर्ने बताए । कांग्रेसले जतिसुकै डर धम्की दिएपनि आफु नडराउने उनले बताए । उनले कांग्रेसलाई डर धम्कीको राजनिति बन्द गर्न आग्रह समेत गरेका छन ।
मधेस गठबन्धनको बैठकले प्रदेशमा सरकार बनाउने भन्दै यसमा कुनैपनि प्रकारको विवाद समेत नहुने उनले बताए । जनकपुर मधेसको केन्द्र बिन्दु रहेको कारणले जनकपुरलाई राजधानी बन्नबाट तत्काल कसैले रोक्न नसक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार