विना मगरको मतदातालाई मेटन घरदैलो अभियान सुरु


कञ्चनपुर, मंसिर २८ ।
वाम गठबन्धन नेकपा माओवादी केन्दबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएकी बीना मगरले मतदातालाई भेट्न घरदैलो अभियान चलाईरहेकी छिन ।
उनले कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी हासील गरेकी हुन । प्रतिनिधिसभा सदस्य मगरले मतदाताको मतको कदर गर्दै घरदैलो अभियान शुरु गरेकी हुन् । बुधबार कञ्चनपुरको बेलडाँडी गाउपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रममा बेलडाडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा दिने उनले बताईन । मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने महिला नेत्री मगरको भनाइ थियो ।
कार्यक्रममा बोल्दै स्थानीय महिला कमला गुर्धामीले प्रतिनिधिसभा सदस्य पदमा विजयी हासील गरीकी मगरलाई सरकारको शक्तिशाली मन्त्री बनाउनु पर्ने माग गरेकी थिइन ।प्रतिनिधिसभा सदस्य मगरले महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिनु पर्ने पनि बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार