फोरम महासचिवको विजय जुलुसमा प्रहरी कै मिलेमतोमा गोली प्रहार : अध्यक्ष रामबाबु यादव

बारा । संघीय समाजवादी फोरम नेपालका महासचिव तथा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादवमाथि हतियारसहित आक्रमण भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि गरिएको विजय जुलुसमा आक्रमण हुँदा संघीय समाजवादी फोरमको दुई जना कार्यकर्ता घाइते भएका छन् ।
आक्रमणमा प्रदेससभा सदस्यमा पराजित मणिभुषण यादवको हात रहेको बताइएको छ । उनीहरुले विजय जुलुसमाथि २५ राउण्ड गोली प्रहार गरेको प्रारम्भिक जानकारी आएको संघीय फोरमका जिल्ला अध्यक्ष रामबाबु यादवले जानकारी दिइए । उक्त घटनामा प्रहरीको मिलेमतोमा भएको आरोप लगाए । यादवले भने–एस.पीले नै मलाई फोन गरेर त्यो बाटो नजानु भनी धम्काएका थिए । प्रहरी कै सादा पोसक मानिसले गोली चलाएका हुन । नत्र भने अवैध हतियार राखेर दिन दाहडै गोली चलाएका मणिभुषणलाई प्रहरी किन संरक्षण गरी रहेको छ ? यादवले थपे –हाम्रा मियरको घरमा बम हमला भएको छ त्यसको जानकारी प्रहरी दिन किन चाहादैन यो थम रहस्यमय भएको छ ।
सण्डेखबरसंग कुरा गर्दै प्रहरी प्रमुखले भने – कांग्रेस विद्यायकको गाँउमा विजय जुलुस पुगेपछि झडप भएको र प्रहरीले स्थिति नियन्त्रण लिन दुई राउण्ड गोली र टियर ग्यास चलाएका र मान्य ज्यूलाई सकुसल निवास पुर्याएको बताए । तर दोहोरो गोली नचलेको बताएका छन । अहिले स्थिति सामान्य रहेको र थप जानकारी स्थलगत टोली आएपछि मात्र थाहा हुने जानकारी दिए ।
संघीय फोरका सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भने– आफुलाई उत्त घटनाले दुःखी तुल्याएको छ । कांग्रेस जस्तो पार्टीबाट लोकतन्त्रकै खिलाफ हुने कार्य गर्दा नसुहाउने बताए । दोसीलाई तुरुन्त गिरफ्तार गरी कानून बमोजीम कार्वाही गर्न सरकारको ध्यान आकर्षण पनि गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार