फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजय नजिक, झन्डै पाँच हजार मतको अग्रता

सप्तरी २३, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजय नजिक पुगेका छन् । अध्यक्ष यादवले झन्डै पाँच हजार मतले अग्रता लिन सफल भएका छन् ।

फोरम नेपालका अध्यक्ष यादवले ११ हजार ६३ मत ल्याएका छन् । त्यस्तै, यादवका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदबार उमेश कुमार यादवले ७०१९ र अर्का स्वतन्त्र उम्मेदबार जय प्रकाश ठाकुरले ५२२१ मत प्राप्त गरेका छन् ।

सप्तरी क्षेत्र नं. २ को मतगणना सुरुभएसँगै प्रतिनिधि सभाका उम्मेदबार उपेन्द्र यादवले भारी मतले अग्रता लिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार