मधेशीको भावनामा एमाले,कांग्रेसले कुठाराघात गरे : प्रदिप यादव

विरगञ्ज, ४ मंसिर । संघीय समाजवादी फोरमका पर्सा जिल्लाका प्रतिनिधिसभा क्षेत्र १ उम्मेदवार प्रदिप यादवले यो निर्वाचनले मधेशमा मधेशी जनताको आत्मासम्मान र विकास ल्याउने बताए ।

फोरम नेपाल र राजपाका संयुक्त उम्मेदवार यादवले महानगरपालीका वडा नम्बर २०को रात्रीकालीन सभालाई सम्बोधन गर्दै भने–आज सम्म यो क्षेत्रको विकासको बाधक रहेका कांग्रेस,एमाले लगाएतका पार्टीले मधेश र मधेशीलाई झुक्याउने काम गरेको बताए । अब मधेशको विकास मधेशी आफैले गर्न सक्ने भएको हुनाले मधेश अब कसैको गुलाम नहुने बताए ।
मधेशी जनताको भावना अनुशार फोरम नेपाल र राजपाको गठवन्दन भएको र यो गठवन्दनले नै अब मधेशमा सरकार बनाउने र केन्द्रम पनि संविधान संसोधनलाई अज जोड्दारका साथ उठाउने बताए ।

महानगर प्रमुख सरावगीले शिक्षा,स्वास्थ्य, सड्क जस्ता जनताको दैनिक जीवनमा जोडिएको कार्य अव हामी आफै गर्न सक्ने बताए। केन्द्रीय प्रतिनिधिमा पनि हाम्रो जीत निश्चित रहेको छ । प्रदिप यादवको जीतले विकास र नीतिमा यो क्षेत्रको मुहार फेरीने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार