माेरङ-२ मा ससफाे नेपालकाे क्षेत्रीय कार्यालय स्थापना

मोरङ, ३० कात्तिक । संघीय समाजवादी फोरम मोरङ क्षेत्र नं. २ को कार्यालय हुलाकी मार्गको चटपटे चोकमा खोलिएको छ । विहिबार संघीय फोरमका केन्द्रिय उपाध्यक्ष युवराज कार्कीले कार्यालय उद्घाटन गरे ।

सो क्रममा उनले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बेला आएको बताए । उनले निर्वाचनबाट भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही गर्ने बेला समेत आएको बताए ।

मोरङ क्षेत्र २ का प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवार समेत रहेका उनले कांग्रेस एमाले भ्रष्टाचारी दल भएकोले जनताले अब चिनेर मात्रै भोट हाल्नुपर्ने बताए ।
उनले संविधान संशोधनको मुद्दा अहिले पनि आफूहरुले नछोडेको स्पस्ट पारे ।
समाजवादी युवा फोरमा उपमहासचिव तथा समानुपातिक उम्मेदवार दुर्गामणि सुवेदीले रंगेली घटनाले गर्दा अहिले पनि स्थानीय मानिस त्रसित रहेको भन्दै जनताले अब एमालेलाई भोट दिन नहुने बताए । रंगेली घटना एमाले नै जिम्मेवार रहेको उनको दाबी छ ।
कार्यक्रममा कार्की र सुवेदीको अतिरिक्त प्रदेशसभा उम्मेदवार उदय यादव, समानुपातिक उम्मेदवार प्रेमनारायण थापा, डा रामविलाश यादव, गणेशलाल राय, सीताराम साह, विनोद सिंह, हरि साह, बलबहादुर राई, दीपेन्द्र राय, हर्क राईलगायत स्थानीय नेताहरु सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार