धरानमा अशोक राईलाई नयाँ भन्नेलाई दिए जवाफ

धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले पञ्चायत कालमा आपूmले धरानमा करिब बाह्र बर्ष भूमिगत रहेर लोकतन्त्र प्राप्तिको संघर्ष गरेको बताएका छन् । उनले २०४६ सालको जनआन्दोलनमा आपूm धरानमैै रहेर आन्दोलनको परिचालन आपैmले गरेको स्मरण गरे ।
बाम मोर्चाबाट पञ्चायत विरुद्धकोे आन्दोलनका लागि तत्कालीन नेकपा माले (अहिलेको एमाले) ले आपूmलाई कोशी अञ्चलमा खटाएको राईले बताए ।
‘मैले पञ्चायतलाई फाल्ने, बहुदल ल्याउने, लोकतन्त्र ल्याउने काममा त्यसबेलाको नेकपा मालेमा संलग्न भएर २०३५ सालदेखि २०४६ सालसम्म काम गरेको ठाउँमध्ये मुख्य ठाउँ धरान नै हो,’ धरान उपमहानगरपालिका–१५का स्थानीयसँग भेटघाट गर्दै राईले भने, ‘२०४६ सालको जनआन्दोलन पनि यही ठाउँमा बसेर मैले नै परिचालन गरेको थिएँ ।’
उनका अनुसार सो आन्दोलनमा बाहिर देखिने हिसाबले नेपाली कांग्रेसबाट हरिराम बास्तोला र बाम मोर्चाबाट कृष्ण पालिखे थिए । ‘उहाँहरु दुईजना बाहिर देखिने आन्दोलनमा आउनुभयो, अरु ठूला नेता खासगरी नेपाली कांग्रेसका नेताहरु त गिरप्तार भइहाल्नुभयो,’ नेता राईले भने, ‘तर भित्रबाट लुकेर आन्दोलनको सबै कुरा व्यवस्थापन गर्ने कामचाहिँ मैले गरेको हुँ ।’
२०४८ सालमा धरानमा मेरो नाम निर्णय भएको थियो
मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी–१ बाट संघीय समाजवादी फोरम र नेपाली कांग्रेसको साझा उम्मेदवार बनेका नेता राईले २०४८ सालको निर्वाचनमा धरानबाट चुनाव लड्नका लागि नेकपा मालेबाट आप्mनो नाम निर्णय भएको प्रसंग समेत निकाले ।
‘यो ठाउँमा २०४८ सालमा नेकपा मालेको तर्पmबाट मेरो नाम नै निर्णय भएको हो, उम्मेदवारीको लागि । तर नेकपा माले र माक्सवादी पार्टी एकता भएपछि हामीले एमाले बनायौ । एमाले पार्टीको अध्यक्ष आदरणीय मनमोहन अधिकारीजी हुनुहुन्थ्यो । र हाम्रो कर्तव्य नै थियो कि उहाँलाई यो देशको रोजा निर्वाचन क्षेत्र दिने, त्यसपछि हामीले उहाँलाई आग्रह गर्यौ,’ राईले स्मरण गरे, ‘उहाँले धरानमा लड्छु भन्नुभयो, त्यसपछि हामीले उहाँलाई धरानमा स्थापित गर्यौ ।’
धरानबाट मनमोहन अधिकारीले चुनाव लड्ने भएपछि एमालेले राईलाई आप्mनै जन्मभूमि समेत रहेको खोटाङमा चुनाव लड्न पठाएको थियो ।

तर मनमोहन अधिकारीको सम्मान खातिर आपूmसहित इनरवा गएर अधिकारीको उम्मेदवारी दर्ता गराएको राईले स्मरण गरे ।
यता खोटाङमा भने वारेसबाट आप्mनो उम्मेदवारी दर्ता भएको उनले बताए । ‘खोटाङमा मेरो उम्मेदवारी वारेसबाट दर्ता भएको थियो । देवी रेग्मीजी भन्ने मित्र अहिले पनि एमालेमै हुनुहुन्छ, उहाँले मेरो उम्मेदवारी दर्ता गरिदिनुभएको हो,’ राईले भने, ‘म चाहिँ मनमोहनजीलाई सम्मानखातिर उहाँको उम्मेदवारी दर्ता गराएर मात्रै तिन दिनपछि खोटाङ गएको थिएँ ।’
आमाले मान्नुभएको भएको थियो भने धरानमे पढ्थे
२०१४ सालमा खोटाङको चिसापानीस्थित खेतुवामा जन्मिएका राई दश वर्षको उमेरमा पहिलो पटक धरान आएका थिए ।
उनी आप्mनो आमासित धरान झरेका थिए । आमाले मान्नुभएको भए सायद आपूm धरानको डिपोट स्कूल नै पढ्थे होला भन्छन् उनी ।
‘म दश वर्षको उमेर हुँदा २०२४ सालमा नै पहिलो पटक धरान आएको हुँ । सायद त्यो बेला आमाले मान्नुभएको भए म डिपोट हाइस्कुलमा एडमिसन गरेर पढथे,’ राईले भने, ‘आमाले सानो छ छोरो मबाट टाढा नराख्नू भन्नुभएको हुनाले म अलिक समय पहाडमै पढे, पछि विराटनगर झरेर पढे ।’
विराटनगरमा हाइस्कूल पढेका राईले आइएसी चाहिँ धरानको हातिसार क्याम्पसमै पढेका थिए ।
त्यसबेला उनी पञ्चायती व्यवस्थाविरुद्धको भूमिगत संघर्षमा लागिसकेका थिए । उनका अनुसार आन्दोलन सफल बनाउनका लागि राजनीतिक नेताका रुपमा चिनिएका र नचिनिएका क्याम्पसका विद्यार्थी र युवाहरुको भूमिका थियो ।
‘उहाँहरुलाई परिचालन गर्ने काम मेरै थियो,’ राईले भने, ‘विद्यार्थीहरुपछि प्रोफेसरहरु पनि उत्रिनुभयो, शिक्षकहरु पनि उत्रिनुभयो, बुद्धिजीवी, व्यापारी सर्वसाधारण सारा मानिस सडकमा आउने स्थिति बन्यो । अन्ततः पञ्चायत फालियो । त्यो बहुुदलको निम्ति लोकतन्त्रको लडाइँ मैले यही ठाउँमा बसेर निर्देशन गरेको थिएँ ।’
धरानमा अशोक राईलाई नयाँ भन्नेलाई दिए जवाफ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार