विवेकशील साझा पार्टिका संयोजक रवीन्द्र मिश्र काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागी प्रत्यक्ष तर्फका उम्मेदवार बनेका छन्।

विविसी नेपाली सेवाका पूर्व प्रमुखको रुपमा चर्चित मिश्र राजनीतिमा आएको छोटो समयमै एउटा उचाईमा पुगिसकेका छन्।
इमानको राजनिती र परिवर्तन हाम्रै जिवनकालमा मिश्रले यी दुई कुरालाई आफ्नो आदर्श बनाएका छन्।
माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा राजेन्द्र बानियाँ लाई दिएको अन्तरवार्ताको सम्पादित अंश:
मिश्र भन्छन् – कुनै पनि पार्टिका झण्डा बोकेकाहरुले आफ्नो पार्टीका स्वार्थ अनुसार लगाउने विभिन्न किसिमका नचाँहिदा आरोपहरुको हामी वास्ता गर्दैनौ,आम नागरिक जो- परिवर्तनको पक्षमा छन्,उनीहरुले बोलेका र भनेका कुराहरु माथी हामी सधैँ ध्यान दिन्छौ र उनीहरुको कुरा सुन्छौं,भावना बुझ्छौ र उनीहरुको खवरदारी र सुझाबलाई आत्मसाथ गर्छौ।
अहिलेका यथास्थितिवादी नेताहरुलाई प्रश्न गर्दै मिश्रले भने- तपाइलाई जनताले हालेको भोटबाट नेता बनेर भ्रष्टचार गरेर पैसा कमाउँने,बिरामी हुदाँ त्यो पैसाले सिंगापुर र दिल्ली,थाइल्याण्ड उपचार गराउन जाने,हरेक सुख-सुविधा उपभोग गर्ने तर भोट दिने जनताहरुले चाँहि कष्टकर जिवन बाँच्नपर्ने ?अनि मैले प्रजातन्त्रको लागी लडे भनेर भ्रष्टचार गर्न तपाइहरुलाई छुट ?
जतिबेला नेताहरुले राज्य सत्ता दुरुपयोग गरेर भ्रष्टचारमा लिप्त थिए म परिश्रम गरेर खाँदै थिए।अहिले त्यही भ्रष्टचार र बेथिति विरुद्ध म लड्दै छु।
मेरो जागिर खाने उमेर पैसट्टि बर्ष सम्म थियो। अझैँ पन्ध्र बर्ष जागीर खान पाउँने अधिकार सुरक्षित हुँदाहुदै पनि म बिग्रिएको देश बनाउँछु भनेर राजनितीमा होमिए,मैले के अपराध गरे ?
आफ्नो निर्वाचन क्षेत्र काठमाण्डौं १ का मतदाताहरु आफूप्रति सकारात्मक रहेका र आफ्नो पक्षमा एकदमै राम्रो माहौल बन्दै गइरहेको बताए नेता मिश्रले।
राजनितीमा आफू केहि लिन होइन यो देश र समाजलाई दिन आएको हुँ।आफुले जागिरे जिवनमा कमाएको पैसा बचत रहेको हुँदा आफूले पैसाको लागी भ्रष्टचार गर्नुपर्ने अवस्था नरहेको र आफू निर्वाचित भएमा आफूले पाउने तलब-सुविधा सामाजिक कार्यमा खर्च गर्ने मिश्रले बताए।
जलस्रोतमा लगानी र भूपरिवेष्टित राष्ट्रले हवाई यातायातलाई व्यबस्थित मात्रै गर्न सकियो भने देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ। पर्यटन नेपालको अर्थतन्त्र उकास्ने अर्को पाटो हुन्छ मिश्रले देशमा सबैजना इमान्दार बन्ने हो भने देश बन्न समय नलाग्ने बताए।
प्रकाशमान सिंहले आफ्नो पिता स्व. गणेशमान सिंहको धाक लगाएर मेरो पिता माथी प्रहार गर्नुभयो, जुन प्रकाशमान सिंह जस्ता नेताले गर्न सुहाउने कुरा होइन। तर म हात्ती जस्तै लस्किएर हिड्छु, छेउछेउमा कसैले घुकिरहन्छन् भने मेरो चासो हुँदैन।