आज सार्वजनिक हुने वाम गठबन्धनको चुनावी घोषणापत्रमा के छ? (पूर्णपाठ सहित)

काठमाडौं- वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ।

तीनकुनेस्थित रोयल ब्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्ने भएका छन्। वाम गठबन्धनले निर्माण गरेको घोषणापत्रमा तीव्र गतिको बुलेट रेलदेखि १० वर्षमा २० हजार मेगाावाट जलविद्युत उत्पादनसम्म समेटिएको छ।

आर्थिक विकासलाई तीव्ररुपमा अघि बढाउन जलस्रोत तथा उर्जा क्षेत्रमा राष्ट्रिय अभियानकै रुपमा विकास तथा आम विद्युतीकरण, आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहर लगायतका ठूला भौतिक पूर्वाधारहरुको तीब्र विकास, कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यवसायीकरण, पर्यटन तथा उत्पादनशील उद्योग क्षेत्रको विकास र नवनिर्माणको आवश्यकता अनुरुप मानव संशाधनको विकासलाई योजनावद्ध ढंगले तीब्र गतिका साथ अघि बढाइने घोषणापत्रमा उल्लेख छ।

घर–घरमा बिजुली  जन–जनमा शेयर
आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गरिने घोषणापत्रमा उल्लेख छ। आन्तरिक खपतबाट बचेको उत्पादित उर्जा भारत, चीन र बंगलादेशको बजारमा निर्यात गर्न विशेष योजना कार्यान्वयन गरिने घोषणापत्रमा उल्लेख छ।

त्यसैगरी १० वर्षमा सम्पन्न हुनेगरी कर्णाली चिसापानी, बुढीगण्डकी, पश्चिम सेती, नलसिंह गाड, उत्तर गङ्गा, नौमुरे, माथिल्लो झिम्रुक, सुनकोशी–१, सुनकोशी–२, तमोर, तामाकोशी– ३ लगायत परियोजनाहरुको कार्यान्वयन तीब्र गतिमा अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुस् 

‘घर–घरमा बिजुली : जन–जनमा शेयर’ नीति लागू गर्दै आकर्षक जलविद्युत परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रबद्र्धन गरिने घोषणापत्रमा उल्लेख छ।  गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलियत दिइने छ। निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा शेयर उपलब्ध गराउन विशेष नीति ल्याउने उल्लेख गरिएको छ। स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न पाउने व्यवस्था कानुनद्वारा गरिने घोषणापत्रमा उल्लेख छ।

सरकार बनेको पहिलो वर्षमै पूर्व–पश्चिम राजमार्गको समानान्तर र रसुवागढी–काठमाडौं–बिरगंजसम्म ७६५ केभी विद्युत् प्रसारण लाइनहरु जडान सुरु गरिने  घोषणापत्रमा उल्लेख छ।  ५ वर्षमा कर्णाली, गण्डकी र कोशी करिडोर तथा मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर उच्च क्षमताका प्रसारण लाइन जडान गरिने उल्लेख छ। विद्युत चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गरिने बताइएको छ। शहर र ग्रामीण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण विद्युत् प्रसारण लाइन भूमिगत गराइने र ३ वर्षमा सिंगो नेपाललाई विद्युतीकरणमा लगिने घोषणापत्रमा उल्लेख छ।

राजधानीकै चक्रपथमा बुलेट रेल
५ वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगिक करिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गहरुका समानान्तर तीब्र गतिका विद्युतीय रेलमार्ग संचालन गरिने घोषणापत्रमा उल्लेख छ। त्यसैगरी यसै अवधिमा रसुवागढी–काठमाडौं–बीरगंजमा तिब्र गतिको विद्युतीय रेलमार्ग सञ्चालन गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार