शहीदको सपना, मधेशको आत्मसम्मान र विकाशका लागि मेरो उम्मेदवारी : अभिषेक यादव

सप्तरी, २१ कात्तिक । संघीय समाजवादी फोरम नेपालका युवा नेता अभिषेक यादव आगामी २१ मंसिरमा हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा उम्मेदबारी दिएर चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
जिल्लाका चर्चित युवा नेतामा गनिने उनी सप्तरी निर्वाचन क्षेत्र ४ को ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार हुन ।

राजपासँग भएको चुनावी गठबन्धन अनुसार फोरम नेपालको भागमा परेको सप्तरी क्षेत्र नं. ४ को ‘ख’ बाट फोरम र राजपाबाट उनी संयुक्त उम्मेदवार बनेका छन् । फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादवका उनी छोरा पनि हुन ।

हाल उनी मतदाताको घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । उनी मधेश आन्दोलनमा स्थानी स्तरमा आन्दोलनको कमाण्ड समालेका थिए । मधेश आन्दोलन र संगठन निर्माण सक्रिय भएर लागेका यादव पार्टीभित्र शान्त र सालिन स्वभावका रुपमा चिनिन्छन् ।

स्थानीय जनताका बीच प्रत्यक्ष काम गरेकोले यो चुनाव आफ्नो लागि त्यति गाह्रो नभएको उनको विश्वास छ । ‘शहिदको सपना, मधेशको मुक्ति, विकाश र आत्मसम्मानका साथ यो देशमा यो देशको नागरिक भएर बस्न पाउने वातावरण बनाउनको लागि मैले उम्मेदवारी दिएको हुँ ।’– यादवले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार