पर्सा फोरम नेपालको ‘हब’ बन्दै

पर्सा २० कात्तिक । संघीय समाजवादी फोरममा नेपाली कांग्रेस पर्साका युवा नेता लालदेव यादव र अशोक सर्राफाको नेतृत्वमा सयौं युवा पार्टी प्रवेश गरेका छन् ।
विरगञ्ज महानगर वडा नं. १६ पार्टी कमिटीले आयोजना गरेको चुनावी प्रचारप्रसार कार्यक्रममा युवाहरु पार्टी प्रवेश गरेका थिए ।
फोरम नेपालेमात्र अव मधेशको आत्मासम्मान र विकासको खाका यो मधेश भूमिमा ल्याउन सक्ने भन्दै नवप्रवेशी यादवले कांग्रेस पुराना सोच भएका यथास्थितीवादीहरुको झुण्ड भएको बताए । विगतमा ३० बर्षमा कांग्रेस र एमाले नै यो देश चलाएका थिए । यो देश बर्वाद पार्न यी नै दलहरुको ठूलो हात रहेका र अब यस्तो नहुने बताए ।
उत्त कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष तथा क्षेत्र नं.१का प्रदेशसभा १ कै उम्मेदवार लालवावु राउत र क्षेत्र नं. १ प्रतिनिधिसभा उम्मेदवार प्रदिप यादव र गठबन्दनकाबाट राजपा नेता मदन यादवको विषेश उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार