कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको:प्रचण्ड

भरतपुर,१९कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव‌ पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं।(३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको बताएका छन् ।

चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ। तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ। अब तपाईहरु बामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस्। तपाईहरु पनि मिल्नुस्। बिपीको आदर्शतिर फर्कनुस्, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ।” “स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिन्छ।

हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं” प्रचण्डले भने “हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं। चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ अगाडि आएको छ। अब विकास र समृद्धिको कुनै विकल्प छैन।”

प्रचार अभियानमा प्रचण्ड जुटेपछि चितवनमा चुनावी माहोल ह्वात्तै बढेको छ ।

राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् ।

मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ ।

वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत जिल्लामा तीन दिनदेखि चुनावी प्रचार अभियानमा हुनुहुन्छ ।

प्रचारप्रसारका क्रममा उहाँले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गर्नुभयो ।

उहाँका प्रतिष्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपा प्रजातान्त्रिक का उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचारप्रसार अभियानमा हुनुहुन्छ । केन्द्रीय नेता उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै चासो र चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार