राजविराजमा पनि सरसफाईको अभियान

सप्तरी, १८ कार्तिक । राजविराज २ तेतरी गाछीका युवाहरूले सरसफाई प्रति रुचि देखाउँदै सरसफाईका लागि सक्रिय भएका छन् । शनिवार वडा २ का वडावासीहरूको सहभागितामा संचालित १५ हप्ते सरसफाई अभियानको पहिलो दिनको सुरूवात गरेको हो ।

तेतरी गाछी चौकको वरिपरि देखिएको फोहोरको सरसफाई गरेको छ भने टोलवासीहरूलाई फोहोर जथाभावी नगरी उचित ठाउँमा फोहोर व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

सफा राखौ, स्वस्थ रहौ,हाम्रो शहर,यसमा हामी सबैको साथ होस नाराका सँग वडामा यो अभियान संचालनमा ल्याईएको वडा अधयक्ष अरूण कुमार यादबले बताए ।

यो सरसफाई अभियान राजदेबी चौक, हिमालय मिल,राजदेबी रोडहरू र टोलटोलमा संचालनमा ल्याईने सरसफाई अभियानका संयोजक रणधिर कर्णले बताए ।

सो अभियानमा वडा अध्यक्ष अरूण यादब,वडा सदस्यहरू हरीनारायण देब,आशा झा,लक्ष्मी साफी,तेतरी गाछी प्रहरी बिटका मिनबहादुर क्षेत्री ,अधिबक्ता,धरमेन्दर यादब, पत्रकार चन्दनकुमार यादब लगायत युवा तथा वडावासीहरूको सहभागीतामा सरसफाई गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार