नेपाल भारतीय गुण्डा र तस्करको सुरक्षित अखडा बन्दै

पोखरामा फेरी भारतीय सुटर पक्राउ

पोखरा १८ कात्तिक । दुई भारतीय काठमाडौंको कमलादीबाट पेस्तोलसहित पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

कास्की प्रहरी स्रोतले भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेको जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार