कात्तिक १७, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार दिएका गोविन्दराज जोशीविरुद्ध उजुरी दर्ता भएको छ ।

जोशीविरुद्ध रामचन्द्र पौडेलले उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुले जनाएको छ ।
निर्वाचन कार्यालय तनहुँबाट प्राप्त पत्रमा भनिएको छ, “तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन मनोनयन पत्र दताए गराएका उम्मेदवार गोविन्दराज जोशीको विरोधमा सोही निर्वाचन क्षेत्रबाबट सोही पदमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरी २०७४ कात्तिक १७ का दिन ४:५० बजे यस कार्यालयमा क्रमसंख्या १ मा दर्ता गरी यो भरपाई दिइएको छ ।”
,