राप्रपा र कांग्रेसको गठबन्दन,बागी र देवी ज्ञवालीको भित्रि धोकाले प्रचण्डलाई सकस

विक्रम पाण्डेको चुनौती, ‘प्रचण्डलाई १० हजार मतले हराएर देखाउँछु’

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट चितवन ३ मा चुनाव लड्न लागेका राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएर देखाउने दाबी गरेका छन् । तपाईको खबर डटकममा प्रकाशित ‘चितवन –३ मा प्रचण्डले ७ हजार ३ सय ६५ मतले जित्ने विश्लेषण (चुनावी अंकगणित)’ शीर्षकको समाचारको खण्डन गर्दै पाण्डेले भने, ‘हेर्दै जानुस्, चितवन ३ मा तपाईको विश्लेषणभन्दा बढी मतले प्रचण्डलाई जितेर देखाउँछु ।’
स्थानीय निर्वाचनको परिणामकै आधारमा पनि आफूले नै जित्ने उनको दाबी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन तथा भूसंरक्षण मन्त्री छन् । पाण्डे हलो चिन्ह लिएर कांग्रेसको सर्मथनमा प्रचण्डका विरुद्ध चुनावी मैदानमा होमिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कांग्रेसले क्षेत्र नम्बर ३ मा राप्रपा (प्रजातान्त्रिक) उम्मेदवार विक्रम पाण्डेलाई सर्मथन गर्नेछ भने, क्षेत्र नम्बर १ र २ मा राप्रपा (प्रजातान्त्रिक)ले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेछन् ।

मन्त्री पाण्डे साविक चितवनको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका पूर्वसांसद हुन् । राप्रपा (प्रजातान्त्रिक) का नेता पाण्डेलाई कांग्रेसले समेत सर्मथन गर्ने भएपछि चितवनको चुनावी प्रतिस्पर्धा भने निकै रोचक हुने अनुमान गरिएको छ ।

ठेकेदारको समेत पहिचान बनाएका विक्रम पाण्डे, प्रचण्डका लागि वलिया प्रतिस्पर्धी मानिने छन् । पाण्डेलाई कमल थापा नेतृत्वको राप्रपाले पनि सर्मथन गर्ने जनाइएको छ । राप्रपा (प्रजातान्त्रिक) को कुनै संगठित मत नभए पनि पाण्डेले लोकप्रिय मतका आधारमा यसअघि उनले एमाले उम्मेदवार दानबहादुर तामाङलाई पराजित गरेका थिए । माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा पाण्डेको प्रभाव छ । क्षेत्र नम्बर ३ मा नै पर्ने वडा नम्बर ६, १४, १५, १७, १८, १९, २० मा कांग्रेसको प्रभाव छ । एमालेभित्र थोरै मात्रै असन्तुष्टि कायम रहँदा चुनावी प्रतिस्पर्धा निकै साघुरो अंकबाट अघि बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार