रोचक भिडन्त हुदै धनुषा क्षेत्र ३

कात्तिक १७ गते ।जनकपुरको धनुषामा कांग्रेस र राजपा बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

काँग्रेसका नेता तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षीय मण्डलका एक सदस्य राजेन्द्र महतो दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । निधीको गृह स्थान नै रहेको छ भने महतो सर्लाही निवासी हुन् ।

विमलेन्द्र निधि राजनीतिक पदको हिसाबले उप–प्रधानमन्त्री तथा गृहमन्त्री भईसकेका छन् भने, राजपा नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतो वाणिज्य तथा आपूर्ती मन्त्री धेरै पहिले रहेका थिए । पछिल्लो पटकको मधेश आन्दोलनमा र स्थानीय तहको नतिजालाई हेरेर महतोले यो क्षेत्र राजेको पाइन्छ । प्रदेश नम्बर २ मा फोरम र राजपा विचको तालमेलले पनि अझ बढी निधीलाई समस्या परेको छ ।

निधीलाई महतोको उम्मेदवारीले सकस दिलाएको छ । जीत आपनो पोल्टामा पार्न दुवै उम्मेदवारलाई कम सजिलो छैन् । यो क्षेत्र मधेशको रोजक चुनावी प्रतिस्पर्दा हुने निश्चित छ । यस क्षेत्रलाई देश र विदेशलेपनि विषेश महत्वका साथ हेरेका छन् ।
निधीलाई अर्काे चटारो भने वाम गठबन्धनका राज्यमन्त्री रामसिंह यादव रहेका छन् । उनी पनि यस क्षेत्रका राम्रो प्रभाव राख्ने नेता हुन । चुनावी हिसावले मधेशको यो क्षेत्र राष्ट्रिय राजनीतिमा महत्व राख्ने व्यत्ति हुनाले चुनावी माहोल तातेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार