गगन थापा देखी ओली सम्म मनोनयन गर्दै– फोटो फिचर

नेता थापा अभिवादन
प्रतिनिधिसभाका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारीको लागि नाम दर्ता गरेपछि सबैैलाई अभिवादन गर्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापा । तस्बिर ः प्रदीपराज वन्त,रासस
उम्मेदवारी दर्ता गर्दै
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्दै नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
नाम दर्ता गर्दै नेपाली काँग्रेसका नेता डा महत
प्रतिनिधिसभाको निर्वाचनका लागि अनामनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो नाम दर्ता गर्दै नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
नाम दर्ता गर्दै नेपाली काँग्रेसका उम्मेदवार रञ्जित
प्रतिनिधिसभाको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो नाम दर्ता गर्दै नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित । तस्बिर ः रत्न श्रेष्ठ, रासस
अध्यक्ष ओली मनोनयन दर्ता गर्दै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको निर्वाचनका लागि झापाको क्षेत्र नं. ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्दै । तस्बिर – सुरेन्द्र भण्डारी(सुरुङगा) झापा,रासस
वाम गठबन्धनका उम्मेदवारहरु
आसन्न प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनका लागि कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार रविन्द्र अधिकारी, प्रदेशसभाका लागि २ (क) का उम्मेदवार राजकाजी गुरुङ, (ख) का उम्मेदवार कृष्ण थापा लगायत । तस्बिर हरि बास्तोला, पोखरा, रासस
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु
आगमी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधिसभाका उम्मेदवार देवराज चालिसे, प्रदेशसभाका लागि २ (क) का गुरु बराल, (ख) का विन्दु थापा लगायत । तस्बिरः हरि बास्तोला, पोखरा, रासस
कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री थापा उम्मेदवारी दर्ता गर्दै
प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

 

संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष युवराज कार्की लगाएत फोरम जिल्ला नेताहरु

 

अर्जन थापा धनकुटा कांगे्रस राप्रपा र संघीय समाजवादीका संयुक्त उम्मेदवार प्रदेशबाट

विवेकशिल साझा पार्टी संयोजक रविन्द्र मिश्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार