तरुण दलका उपाध्यक्ष रेग्मीद्धारा राजीनामा

नेपालगञ्ज १६, कात्तिक । तरुण दल बाँकेका उपाध्यक्ष मनिष रेग्मीले पद र संगठनबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको उम्मेदवार छनौट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै रेग्मीले बिहिबार मनोनयनका दिन उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

रेग्मीले एक विज्ञप्ति जारी गर्दै आजैको मितिदेखि लागू हुनेगरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली कांग्रेस बाँकेले संविधान पिता स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपा जस्तो राजनैतिक पार्टीलाई सुम्पेकोमा आगामी चुनावी अभियानमा नैतिकरुपमा म संलग्न रहिरहन नसक्ने अवस्था उत्पन्न भएकाले आजैको मितिदेखि लागु हुनेगरी नेपाल तरुण दल बाँकेको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा यसै प्रेस विज्ञप्तीमार्फत गर्न चाहन्छु ।’

उपाध्यक्ष रेग्मीले तरुण दलका नेता–कार्यकर्तालाई आफ्नो भावना बुझिदिन पनि विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार