सिरहा क्षेत्र नं. २ को (१) मा फोरम नेपालका कोषाध्यक्ष विजय यादवको उम्मेदबारी

सिरहा १६, कात्तिक । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष विजय कुमार यादवले सिरहाको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदबारी दर्ता गराएका छन् । सिरहाको क्षेत्र नं. २ को (१) प्रदेश सभा सदस्यका लागि यादवले उम्मेदबारी दिएका हुन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि कोषाध्यक्ष यादवले बिहिबार दलबलसहित निर्वाचन आयोगको कार्यालय सिरहा पुगेर उम्मेदबारी दिएका छन् । पूर्वमन्त्री समेत रहेका यादवले उम्मेदबारी दर्तासँगै जनताको समस्या, यहाँको माटो र आधुनिक विकासको पूर्वाधार बारे गम्भीर रहेकोले आफ्नो जीत सुनिश्चित रहेको प्रतिक्रिया दिएका छन् ।

प्रदेश सभाका प्रत्यासी यादवले आफू निर्वाचत भएपश्चात् स्थानीय जनता र पार्टीको दिएको अभिभारा भन्दा पनि उच्चतम काम गरेर देखाउने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

सिरहा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि फोरम नेपालका केन्द्रीय सदस्य शत्रुधन प्रसाद कोईरीले उम्मेदबारी दिएका छन् । त्यस्तै, क्षेत्र नं. २ को (२) मा महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादवले उम्मेदबारी दर्ता गराएकी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार