संघीय फोरमका पर्सा क्षेत्र १ को ‘क’ बाट– जनत अनसारी

पर्सा १६, कात्तिक । संघिय समाजवादी फोरमका पर्सा जिल्ला नेता जनत अनसारी आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचवमा उठ्ने भएका छन् ।

पार्टीका स्थानीय स्थापित जनआधार भएका उनी पर्साको क्षेत्र १ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी आज दर्ता गर्ने भएका छन् ।

संघयी समाजवादी फोरमले जारी गरेको सूचीमा नाम नभएपनि जिल्ला पार्टी र केन्द्रीय पार्टीले पुनः विचार गरी पार्टीलाई जीत दिलाउने सक्ने देखिएकोले उहाँलाई टिकट दिएको पार्टी सा्रेतले दिएको छ ।
उक्त क्षेत्रमा प्रदेशसभाको ख बाट भने पार्टी उपाध्यक्ष लालवावु राउत छन् । भने प्रतिनिधिसभामा भने प्रदिप यादव छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार