अशोक राई बुधबार काठमाडौबाट धरान पुगे,भोलि उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी

धरान, १५ कात्तिक । मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिने तयारी गरेका संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले बुधबार काठमाडौबाट धरान पुगेर चुनावी भेटघाट र छलफल सुरु गरेका छन् ।

उनले पार्टीका स्थानीय स्तरका संगठनका पदाधिकारी तथा सक्रिय कार्यकर्ताहरुसँग भेटघाट गरी चुनावी रणनीतिबारे छलफल थालेका छन् ।
सुनसरीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गर्ने सहमति छ ।

सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि संघीय फोरमबाट वरिष्ठ नेता राई उम्मेदवार बन्दैछन् भने सोही क्षेत्रको प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नेछन् ।

दुई दलबीच तालमेल हुने भएपछि विहीबार (भोलि) दुई दलले संयुक्त रुपमा निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

‘पहिला आ-आफ्नाे पार्टी कार्यालयमा भेला हुने त्यसपछि एकै ठाउँमा भेला भएर संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको छ,’ पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख ध्यानबहादुर राईले भने, ‘घोषणापत्र पनि संयुक्त रुपमै निकाल्ने र चुनावी कार्यक्रम लिएर वडा तहसम्म एकजुट भएर जाने कुरा भएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार