संघीय फोरमका चर्चित युवा नेता सञ्जय यादव प्रत्यक्ष उम्मेदवार बन्दै

सर्लाही, १५ कात्तिक । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सञ्जय यादव आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा उठ्ने भएका छन् ।
पार्टीका चर्चित युवा नेतामा गनिने उनी सर्लाहीको निर्वाचन क्षेत्र ३ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बन्दैछन् ।
संघीय समाजवादी फोरम नेपालले सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा उनको नाम उल्लेख गरिएको छ ।
यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल निकट मधेसी युवा फोरमका केन्द्रीय अध्यक्ष थिए ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विगतमा उपप्रधानमन्त्री हुँदा यादव उनका स्वकीय सचिव थिए ।
उपेन्द्र यादव, अशोक राई र युवराज कार्की नेतृत्वको तीन दलबीच एकीकृत भई बनेको नयाँ पार्टीको उनी केन्द्रीय सदस्य हुन् । उनी संघीय समाजवादी फोरम नेपालनिकट समाजवादी युवा फोरमका इन्चार्ज समेत हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार