यस्तो छ फोरम नेपालका उम्मेदबारहरुको सूची,धनकुटा र काठमाडौं बाँकी

काठमाडौं १४, कात्तिक । संघीय समाजवादी फोरम नेपालले उम्मेदबारहरुको सूची सार्वजनिक गरेको छ । फोरम नेपालले प्रतिनिधि सभाका लागि ६२ उम्मेदवार चयन गरेको छ । राजपासँग दुई नम्बर प्रदेशको सिट बाँडफाँट गरे लगतै मंगलबार फोरम नेपालले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

जारी सूची अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् । वरिष्ठ उपाध्यक्ष युवराज कार्की मोरङ क्षेत्र नं. २ बाट  उम्मेदवार भएका छन् । मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ ।

सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजलाल यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ मा उमाशंकर अरगरिया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा. सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहाय यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । त्यस्तै, पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ । पर्सा क्षेत्र नं. १ को २ बाट पार्टी उपाध्यक्ष लालबाबु राउत उम्मेदबार बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार