कार्यक्रता पोस्न सरकारले बाँड्याे ४ करोड ५८ लाख, कस्ले कति पाए ? (नाम सहित)

काठमाडौं, कात्तिक १४ । सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यक्रता लाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ ।

प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यक्रता लाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो ।

गत ६ कार्तिकमा वसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन् । निर्वाचनमा कार्यक्रतालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको छ ।

रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए ।

गरिब विपन्न र पहुच नभएका नागरिकहरु उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरुले भने उपचार खर्च वापत कुनै रकम पाउदैनन तर सोर्सफोर्सधारीहरुले विभिन्न वहानामा राज्यकोषवाट लाखौ रुपैया वुझ्ने गर्छन ।’ गृहका एक अधिकारीले भने ।

बढी रकम पाउनेहरू:

अर्जुन खड्का, उदयपुर १० लाख

-सुजितकुमार ठाकुर, महोत्तरी ५ लाख

-केदार चौलागाईं, रामेछाप ४ लाख

-विक्रान्त सुवेदी, नवलपरासी ३ लाख

-विन्दु शर्मा, बाँके ३ लाख

-रवि बज्राचार्य, ललितपुर ३ लाख

-रेशमबहादुर कुमाल, गोर्खा ३ लाख

-शान्तमणि देवकोटा, गोरखा ३ लाख

-प्रकाशबहादुर गुरुङ, कास्की ३ लाख

-यशोदादेवी भट्ट, कैलाली ३ लाख

-माधवमणि राजभण्डारी, दोलखा ३ लाख

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार