मोरङ क्षेत्र नं. ३ मा एक सय पचास जना खम्बुवान नेता तथा कार्यक्रता संघीय फाेरममा प्रवेश

बेलबारी, १४ कात्तिक । खम्बुवान मुक्ति माेर्चाका नेता जितुमान रार्इ संघीय समाजवादी फाेरम नेपालमा प्रवेश गरेका छन् । उनकाे नेतृत्वमा ५० जना युवाहरू संघीय फाेरममा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम मोरङ क्षेत्र नं. ३ समन्वय समितिले सोमबार माेरङकाे लक्ष्मीमार्गमा अायाेजना गरेकाे कार्यक्रममा एक सय ५० जनाभन्दा बढी पार्टी प्रवेश गरेका छन्।

साे क्रममा नयाँ शक्ति पार्टीबाट नैना राईको नेतृत्वमा ४० जना र माअाेवादी केन्द्र  तथा नेकपा एमाले लगायत दलका गरी एक सय ५० जना संघीय फोरममा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूलार्इ  उपाध्यक्ष युवराज कार्कीले स्वागत गरेका छन् । नवप्रवेेशी जितुमान राईले नेपाल बहुराष्ट्र, बहुधार्मिक मुलुक भएकाले यहाँ भएका सम्पुर्ण उत्पीडन, विभेदको अन्त्य गर्दै समानता  र सहअस्तित्व, समाजवादको सिद्दान्त बोकेको एकमात्रै राष्ट्रिय पार्टी भएकाले आफू संघीय फाेरममा समाहित भएको बताए।

उपाध्यक्ष कार्कीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँका विभिन्न राष्ट्रियताको ग्यारेन्टी संविधानले गर्नुपर्ने बताए।

तर अहिलेको संविधान एकात्मकवादी र नस्लिय भएकाले संविधान संसोधनमार्फत सच्याइनुपर्ने बताए । विभेद, बहिष्करण, उत्पीडनको अन्त्य र सम्बोधन संघीय, समाजवाद सिद्धान्तले मात्र गर्ने उनले बताए।

हिजो एकले अर्कालाई देख्न नसक्ने कम्युनिस्टहरु एउटाले अर्कालाई लम्पसारवादी, बिदेशी एजेन्ट र अर्कोले खोक्रो राष्ट्रवादी, अन्धोराष्ट्रवादी भन्नेहरु नै आज सत्ताका लागि बामगठबन्धन गरेकाे उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार