फोरमका उपाध्यक्ष युवराज कार्की र कांग्रेसका डा रिजाल मोरङ क्षेत्र २मा भिड्दै

मोरङको क्षेत्र नं. २ मा पनि ‘हेवी वेट’ भिडन्त

मोरङ १३ कात्तिक । मोरङको क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम, नेपालले वरिष्ठ उपाध्यक्ष युवराज कार्कीको नाम तय गरेको जानकारी आएको छ ।

मोरङको क्षेत्र नं.२ मा सघीय फोरमको यो उम्मेदवारी सगै यो क्षेत्रपनि ‘हेवी वेट’ भिडन्त हुने भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल छन् । वाम गठबन्दनका एमाले उम्मेदवार निर्वतमान सांसद ऋषि पोखरेल हुन् ।

कार्की लामो खस आन्दोलनका सारथी हुन् । उनी यस क्षेत्रमा राम्रो प्रभाव छ । पार्टीको पनि यहाँ राम्रो संगठन छ । रतुवामाइ नगरपाली र सुनवर्षी नगरपालीका रंगेलीका केही वाडहरु लगायत अरु केही वडाहरु मिलेर बनेको यो क्षेत्र मधेश बाहुल क्षेत्र भएकोले पनि पार्टीको वरिष्ठ उपाध्यक्ष भएकाले यहाँ पार्टीको परिचालन र कार्यक्रतामा रौनक आएको छ ।

डा मिनेन्द्र रिजाल यो क्षेत्रमा आपनो सहज जीत हासिल हुनेमा ढुक्क छन् । दुई नगरमा स्थानीय तहमा जीत हासिल गरेर कांग्रेसले आफुले ‘कम ब्याक’ गरेको ठानेर उनी झन जीत पक्का भएको मान्छन् ।

वाम गठबन्दनका निर्वतमान सांसद तथा एमाले उम्मेदवार पोखरेल यो क्षेत्रमा स्थानीय तहमा प्राप्त गरेको एमालेको मत र माओवादीको मत जोड्दा कांग्रेस भन्दा धेरै अगाडी छ । प्रक्रिया मात्र बाँकी छ विजय निश्चित भनेर आपना कार्यक्रतालाई हौसला दिएर चुनावी दौडमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार