उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु, ३ घाइते

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।

 

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार