माओवादीकी पूर्व केन्द्रीय सदस्य दत्त र राजपाका केन्द्रीय सदस्य अन्सारी काँग्रेसमा प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नन्दन कुमार दत्त लगायतका माओवादीका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन्। उनीसँगै उनीनिकट माओवादी कार्यकर्ताहरु पनि काँग्रेसमा  प्रवेश गरेका छन्।

दत्तसँगै राजपाका केन्द्रीय सदस्य डा अवुल अन्सारी लगायत नेता तथा कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्ने लहरसँगै माओवादी तथा राजपाका नेताहरु पनि काँग्रेसमा प्रवेश गरेका हुन्।

शनिवार मात्रै पूर्वमन्त्री दत्त, राजपा केन्द्रीय सदस्य अब्दुल, पोखराका समाजसेवी एवं राप्रपाका नेता सुर्यबहादुर केसीसहित नेता, कार्यकर्ता आज नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले नवप्रवेशीहरुलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

कम्युनिष्ट ध्रुविकरण लगत्तै लोकतान्त्रिक धारको नेतृत्व गरेको काँग्रेसमा प्रवेश गर्ने लहर जस्तै देखिएको  छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार