बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने, मृतकको संख्या ३० पुग्यो

राजविराज, ११ कात्तिक ।  राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् ।

सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको बोदे बरसायन नगरपालीकाको प्रमुख आतिस सिंहले जानकारी गराउनु भयो । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । 

यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा (एमाले) सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्नुभएको छ । दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

यस्तै एमालेले पनि सप्तरीले पनि मृतकप्रति श्रद्वाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार