एक पुलिस डिसपीको दादागिरिले विर्तामोड तनावमाः राजनीतिक दल

कात्तिक,११ झापा ।स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए ।

बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।

सिलवाललाई जिल्ला तानिएपछि उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।

राजनीतिक दल र प्रजिअको बैठक

इप्रका अनारमनीकाले दिएको जानकारी अनुसार अहिले कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र स्थानीयबीच बैठक जारी छ ।

यसअघि शुक्रबार झडपको घटनालगत्तै बसेको बैठकले स्थितिलाई शान्तिपूर्ण बनाउन समन्वय गर्ने, घाइते परिवारका लागि क्षतिपूर्ति दिलाउन पहल गर्ने र उनीहरुको निःशुल्क उपचार गराउने व्यवस्था गर्ने निर्णय गरेको डीएसपी बताए ।

राजनीतिकदलहरुले प्रहरीको लापरवाही र पिडकहरुसग बदनीयता पुर्ण व्यहवार गरेकोले जनताको आक्रोश अझ बढेको बताएका छन् । प्रहरी गुण्डाको रुपमा प्रस्तुत हुन थालेपछि झापालीलाई तह लगाउन आएको भन्दै लाठी प्रहार गर्न थालेपछि एका एक विर्तामाड तनावमा आएको र आज सम्म कर्फ्य लगाइ जारी रहेको छ ।
घटनाको विषयमा थप छानबिन गर्न गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार