छठ मनाउने क्रममा डुबेर मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–३ स्थित पोखरीमा छठ मनाउने क्रममा आज एक जना युवकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका कटैया निवासी उमेश साहका २० वर्षीय छोरा भूपेन्द्र रहेको प्रहरीले जनाएको छ । साहको छठ मनाउँदै गरेको अवस्थामा पोखरीमा पौडने क्रममा डुबेर ज्यान गएको स्थानीयवासीले जनाएका छन् । भूपेन्द्र काठमाडौँमा सिभिल इञ्जिनीयरिङ पढ्दै थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार