विर्तामोडमा प्रहरीको गोलि लागि दुईको मृत्यु

विर्तामोड, १० कार्तिक । झापाको विर्तामोडमा प्रहरीको गोलि लागि २ जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोलिले लक्ष्मण शिवाकोटीको हत्याराको विरोधमा उत्रिएका आफन्त तथा प्रर्दशनकारीको मृत्यु भएको छ । भरखरै प्राप्त जानकारी अनुसार प्रहरीको गोली लागि  मृत्यु हुनेमा अर्जुनधारा १ का ३० बर्षिया नरेश थापा र देव कुमार चौधरी रहेको बताइएको छ । यद्यपि, मृत्यु हुनेहरुको बारेमा प्रहरी प्रशासनले भने आधिकारीक पुष्टी गरिसकेको छैन ।

विर्तामोड आज विहानै देखि स्थिति सामान्य बन्न सकेको छनै । गत असोज १४ गते वडादशैको दिन अर्जुनधारा निवासी ११ वर्षिया बालक लक्ष्मण शिवाकोटी हत्यारालाई कानुनि कार्वाहीको माग गर्दै विहानै देखि पिडित पक्षका आफन्त र सर्वसाधारण प्रदशनमा उत्रिएको थियो ।

शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो। तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार