काठमाडाैं, १० कात्तिक । संघीय समाजवादी फाेरम नेपालले खाेटाङबाट प्रतिनिधिसभा सदस्यका लागि डा कृष्णकुमार रार्इलार्इ उठाएकाे छ । दिप्रुङ गाउपालिका ६ खाेटाङ स्थायी घर भएका उनले उनले राजनीतिमा थाैलाेवाद र परिवारवाद नातावाद हामी हुँदै गएकाे भन्दै सचेत जनताले सही नेतृत्व छान्नुपर्ने बताएका छन् । खाेटाङबाट प्रतिनिधिसभा उम्मेदवार बनेकाहरूमध्ये उनी स्वच्छ र इमान्दार छबि भएकाे नेता मानिन्छन् ।

नामः डा कृष्णकुमार रार्इ
स्थायी ठेगानाः दिप्रुड्ड ६, खोटाङ
वुवाको नामः स्व बमबहादर राई २००७ सालको मुक्ति सेना कमाण्डर, खोटाङ
शैक्षिक योग्यताः
एमविविएस, एमडी, जीपी, त्रिविवि, एम.पि.एच. जोन्स हप्किन्स, अमेरिका
सामाजिक सेवामा
बरिष्ठ चिकित्शकको हैसियतले जिल्लाहरु तथा क्षेत्रहरुमा करिव २५ बर्ष पेशागत सेवा दिएको ।
बिदेश भ्रमण, बिश्वका अधिकांश देशहरुको भ्रमण गरि ज्ञान, अनुभव आदान प्रधान गरेको ।
समसामयीक राजनीतिक तथा सामाजिक परिवेश, विकास, निर्माण तथा चिकित्शा सेवा, स्वास्थ्य सेवा सुधारलगायत विविध विधामा बौद्धिक बिश्लेशनात्मक बहस तथा चिरफार गर्दै नियमितरुपमा लेख रचनाहरु प्रकाशन ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय संंघ, संस्थाद्धारा आयोजित बुद्धिजिवी सम्मेलनमा बिज्ञको हैसियतले समय समयमा कार्यपत्रहरु प्रस्तुत ।
राजनीतिमा सकृयता
२०३१ सालदेखि २०७४ असोज सम्म नेपाली कांग्रेसमा आवद्ध भई सक्रिय रहेको ।
२०४६ सालको जनआन्दोलनमा नेपाल चिकित्शक संघको तर्फबाट चिकित्शकहरु लाई परिचालन गर्ने नेत्रृत्वदायी भूमिका निभाएको ।
संस्थापक सदस्य, नेपाल स्वास्थ्यकर्मी संघ ।
२०६२ सालमा नेपाल चिकित्सक संघमा प्रजातान्त्रिक समुहबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष ।
२०७३ साल देखि प्रजातन्त्रवादी चिकित्शक संघको केन्द्रिय अध्यक्ष ।
२०७३ देखि २०७४ असोज सम्म नेपाली कांग्रेसको १३औ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य ।
सम्मान तथा पुरस्कार
अतुलनीय पेशागत दक्षता प्रदर्शन गर्दै दुर्गम् समुदायमा सेवा तथा विशिष्ट योगदान पुरयाएकोमा कदर गर्दै अमेरिकाको कोलम्वीया विश्व विद्यालय र Internatioonal Federation of Gynecologist and Obstetricians (FIGO) Distinguished Community Service Award नामका अन्तर्राष्टिय परस्कारबाट सम्मानित ।
अतुलनीय पेशागत दक्षता प्रदर्शन गर्दै दुर्गम समुदायमा सेवा गरेबापत, अन्तरराष्ट्रिय संस्था ह्वाईट रिवन्स एलाएन्सबाट “सेफ मदरहुड च्याम्पीयन” नामको अन्तरराष्ट्रिय पुररकारबाट विभूषित ।
सामाजिक सेवाको क्षेत्रमा दैवी प्रकोपमा परकाहरुको उद्धार गरे बापत “दैवी प्रकोप उद्धार पदक” लगायत अन्य धेरै सामाजिक सेवा पदकहरु प्राप्त गरेको ।
सामाजिक सेवाको क्षेत्रमा अतुलनीय पेशागत दक्षता प्रदर्शन गरे बापत “गोरखा दक्षिण बाहु चौथा” बाट बिभूषित ।