नुवाकोटमा विकासको बाधक कांग्रेस : संघीय फोरम उम्मेदवार अधिकारी

नुवाकोट, ९ कात्तिक । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार उत्तम अधिकारीले परिवारवादको राजनीति अन्त गर्नुपर्ने बताएका छन् । उनले नुवाकोटमा सधै एउटै परिवारका नेताहरुको हातमा राजनीति कायम रहदै आएको भन्दै अब परिवारवादको राजनीति अन्त गर्नुपर्ने धारणा राखे ।

हालसम्म नुवाकोटमा ठूला पार्टीका मुठीभरका मान्छेहरुले नुवाकोटको विकास निर्माणलाई आप्mनो अनुकुलमा प्रयोग गर्दै आएको उनले बताए । राज्यको स्रोत साधनबाट हुने विकास निर्माण समान ढंगले सबै क्षेत्रमा गर्नुपर्ने र सबै जाति र समुदायको सहभागितामा यस्ता कार्य गर्नुपर्ने उनले बताए । ‘कार्यकर्ता पोसाउनका लागि नेताहरुलाई ठेकेदार बनाउनु हुन्न,’ उनले भने, ‘समान र सहभागितात्मक विकास निर्माणका लागि पुराना नेता हैन नयाँ र सक्षम व्यक्तिलाई अब जिताउने बेला आएको छ ।’ निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता रामशरण महत उम्मेदवार बनेका छन्् भने २ मा अर्जुननरसिंह केसी उम्मेदवार छन् । केसीका अर्का भाइ जगदिशनरसिंह केसी प्रदेशसभाको उम्मेदवार बनेका छन् भने महतका भतिज रमेश महत पनि प्रदेशसभाको उम्मेदवार छन् ।

एउटै परिवार र सस्दयले पटक पटक जित्दै आए पनि नुवाकोटका विकास निर्माण भने शुन्य रहँदै आएको छ । संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका अधिकारीले नुवाकोटको विकास निर्माण तीव्र गतिमा अगाडि बढाउन आपूm प्रतिवद्ध रहेको बताए । उनले अबको राजनीति युवाहरुले हाक्नुपर्ने भन्दै युवा नेतृत्वबाट मात्रै समाज र राष्ट्र परिवर्तन हुने दाबी गरे । उनले नुवाकोटको ओखरपौवा र चाउथेको सिमानामा पर्ने डम्पिङ साइटलाई उचित व्यवस्थापन गर्नुपर्ने पक्षमा आपूm रहँदै आएको बताए । डम्पिङ साइटसम्म पुग्ने बाटो मर्मत गर्नुपर्ने, फोहोरलाई उचित ढंगले व्यवस्थित गर्नुपर्ने र हाल छाडा छोड्दै आएको फोहोरलाई पूर्ण रुपमा व्यवस्थित गर्नुपर्ने उनले बताए । उनले निर्वाचनमा आपूmले जित हासिल गरे डम्पिङ साइटको वैज्ञानिक व्यवस्थापनका लागि काम गर्ने घोषणा समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार