बझाङमा संघीय फोरमका प्रतिनिधि सभा उम्मेदबार भीम थापा

बझाङ ७, कात्तिक । संघीय समाजवादी फोरम नेपाल बझाङले भीम थापालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदबार बनाएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यका प्रत्यासी थापाले संघीय फोरमको तर्फबाट बाजागाजासहित उम्मेदबारी दर्ता गराएका छन् ।

जिल्लामा प्रमुख दल र तिनका गठबन्धनलाई कडा टक्कर दिँदै थापाले उम्मेदबारी दर्तासँगै निर्वाचनमा जीत सुनिश्चित रहेको प्रतिक्रिया दिएका छन् । राजनीति र सामाजिक कार्यसँगै खसान प्रदेशको पहिचान, अधिकार र स्वायत्तताका लागि लामो समयदेखि सक्रिय रहेका थापाले उम्मेदबारी दिएर घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।

यसैगरी, खसान प्रदेश अन्तर्गत रहेको बझाङको प्रदेश सभा सदस्यका लागि संघीय फोरमका नेता रामबहादुर जाग्रीले उम्मेदबारी दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार