जुद्ध ढाक्रे ओखलढुंगाबाट संघीय फोरमका प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार

ओखलढुंगा, ६ कात्तिक । संघीय समाजवादी फोरम नेपालले ओखलढुंगामा जुद्ध ढाक्रे (जुद्धबहादुर राई) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

संघीय फोरमले ओखलढुंगाबाट प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नरेश नेत्रबहादुर नेम्बाङ र प्रदेशसभा निर्वाचन क्षेत्र २ मा दिनेशकुमार राईलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

पहिचानको आन्दोलनको अग्रपंक्तिमा रहँदै आएको ढाक्रे संघीय फोरमका केन्द्रीय सदस्य हुन् । गत आइतबार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार मनोनयनपत्र दर्ता गराएपछि ओखलढुंगामा हाल संघीय फोरमले चुनावी अभियान सुरु गरेको छ । source sarwajanik

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार