हत्या गरी झाडिमा फालिएको अवस्थामा बालकको शव भेटियो ,सिरहामा १५ दिनमा २ को हत्या

सिरहाको कर्जन्हा नगारपालीका २ बन्दिपुरको कमला नदि किनारको झाढीमा हत्या गरी फलिएको अवस्थामा एक बालकको सव फेला परेको  । स्थानीय कुशुमलाल यादवको १२ वर्षिय छोरा भवेश यादवको शव आफ्नै घर नजिकै रहेको कमला किनारको झाडीमा टाउको छुट्टिएको अवस्थामा हिजो वेलुका फेला परेको हो ।
गत शुक्रवार (कात्तिक ३ गते) बाट हराईरहेको बालकको घाँटी टाउको छुट्टिएको शव हिजो (आइतबार) वेलुका फेला परेको प्रहरीले बताएको छ । टाउको भने आज विहान शरिर भेटेको ठाउँभन्दा करिव ५ मिटर पर झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
भवेशकै काकाको छोरी झैंसि चरान गएको वेला झाडीमा भवेसको चप्पल र हातमा नाम सहित लागाएका बाला देखेपछि घरमा आएर खवर गरेका थिए । घर परिवारले प्रहरीलाई खवर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
चारदिन अगाडी नै हराएको भएपनि प्रहरीलाई भने हिजो विहानमात्र खवर गरेको प्रहरीले बताए । मृतकका बुवा कुशुमलालले छोरा हराएदेखि नै आफ्नो आफन्तकोमा खोज विन गर्दा पनि नभेटेपछि प्रहरीलाई खवर गरेको जनाएको छ ।
शुक्रबार सँगै पढ्ने गाउँकै अजय साहसँग कमलाको नहरमा नुहाउन गएका उनी अवेरसम्म घर नफर्केपछि उनको खोजतलास सुरु गरेको बुवा कुशुमलालले बताए ।
नुहाएर घर फर्किने क्रममा अजयले नचिनेका युवकसँग भवेशले कुराकानी गरेको अजयले बताए । उनले भने, ‘मैले नचिनेको ती युवासँग कुराकानी गर्न थालेपछि भवेशले मलाई तिमि घर जाउ म केही वेरमा आउँछु भने, त्यसपछि म घरतीर आएँ ।
त्यसैवेला देखि अजय घरबाट हराएको परिवारले जनाएको छ । शव पोष्टमार्टमको लागि हिजो बेलुका नै रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ भने टाउको अझै घटनास्थलबाट उठाउने प्रकृयामा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घट्नाको अनुसन्धान सुरु गरिसकिएको बताएको छ । हिजो अवेमात्र टाउका विनाको शरिर भेटीयो, रातभरी टाउको खोज्नमा प्रहरी सक्रिय रह्यो, अहिले विहानमात्र टाउको भेटीएको छ । त्यससँगै अनुसन्धानको काम पनि सुरु भएको प्रहरीले जनाएको छ ।
यस अघि  कर्जन्हा नपा १० प्रयागपुर चौकमा अशोज २३ गते एक युवकको धारीलो हातियारले घाटी रेटी हत्या गरेको थियो । आफ्नै घरमा सुतिरहेको वेला ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको थियो । प्रहरीले घटनामा संलगन एकजनालाई नियन्त्रणमा लिएपनि उनको नाम सार्वजनिक गरेको छैन । सिरहामा १५ दिनभित्र दुईजनाको हत्या भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार