संघीय फोरमले २१ जिल्लामा उम्मेदवारी

काठमाडौं, ५ असोज । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले २१ जिल्लामा उम्मेदवारी दर्ता गराएको छ ।
पहिलो चरणमा हिमाली र पहाडी भेगका ३२ जिल्लामा निर्वाचन गरिदैछ । संघीय फोरमले आइतबार २१ जिल्लामा उम्मेदवार मनोनयनपत्र दर्ता गराएकाे छ ।
उसले प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार खडा गरेको छ । तलको दिइएकाे विवरणमध्ये गोरखा, कालीकोट र जाजरकोटको उम्मेदवारबारे जानकारी आउन बाँकी छ । प्रदेशसभा सदस्यका लागि भने २९ जना उम्मेदवार उठाइएको छ ।

source < sarbajanik

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार