विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यलाई काठमाडौं – २ बाट निर्वाचन लड्दै

रविन्द्र मिश्रको फेसबुकबाट  555 पटक हेरिएको

विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नं २ बाट पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यलाई निर्वाचनमा उठाउने भएको छ l

भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, थाइलण्डबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’मा विद्यावारिधि गरेका डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्।

उनी लामो समय जापानको ‘इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसि स्टडिज’मा ‘सिनियर रिसर्च फेलो’ र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत रहेका थिए।

विगत केही बर्ष अगाडिदेखि डा. आचार्यले ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा अतिथि प्रध्यापकको रुपमा अध्यापन गरिरहेका थिए।

साथै उनले नेपालका पूर्वाधार विकासका विभिन्न महत्वपूर्ण बिषयहरुमा राष्ट्रिय बहसको उठान गरेका थिए।

पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका डा. आचार्यका दर्जनौं शोधपत्रहरु प्रकाशित छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार