मधेसमा रोकिएन फोरम नेपाल प्रवेशको लहर

पर्सा, ३ कात्तिक । निर्वाचनको मिति नजिकिदै जाँदा तराई मधेसमा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेहरुको लहर चलेको छ । मधेसका विभिन्न क्षेत्रमा कार्यरत बुद्धिजीवी र सामाजिक अगुवाहरु पछिल्लो समय फोरम नेपालमा प्रवेश गर्न थालेका छन् । यही क्रममा शुक्रबार वीरगञ्जमा पाँच जना प्रभावशाली व्यक्तिहरु फोरम नेपालमा प्रवेश गरेका छन् । वीरगञ्जको जेसीस भवनमा आयोजित कार्यक्रममा डा रैफुल आलम, डा रणवीर सिंह, इन्जिनियर देवकी चौरसिया र पूर्वप्रधानाध्यापक द्वय एलपी मिश्र र लालबहादुर कुशवाह फोरम नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीको पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव, वीरगञ्ज महानगरका पूर्व मेयर प्रदिप सुवेदी र जिल्ला नेता शम्भूप्रसाद गुप्ताले माला लगाएर स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार