मर्केल क्याटलोनियाको संवैधानिक निकास आउनेमा आशावादी

सिन्ह्वा  601 पटक हेरिएको

ब्रसेल्स, २ कात्तिक ।  क्याटलोनियाको राजनैतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकाश निकाल्नुपर्नेमा जोड दिएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार ब्रसेल्समा स ञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “स्पेनले क्याटलोनियाको राजनैतिक सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ र समस्याको सहज समाधान निकाल्नेछ ।”
“मलाई विश्वास छ स्पेनी संविधान अन्तर्गत नै समस्याको समाधान निकाल्न सकिन्छ ।”
जर्मन चान्सलरले भन्नुभयो, “हामीले स्पेनी सरकारको अडानलाई समर्थन गर्छौँ र यो नै सवै विश्व समुदायका सवै पक्षले चाहेको समाधान हो । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार